
सन थापा,
जापान । नोभेम्बर २६
जापानमा शुक्रबार २ हजार ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख ४३ हजार ५ सय ३० जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार १ सय नौजना पुगेको छ । आज सबैभन्दा धेरै होक्काईदोमा नौ, ओसाकामा पाँच, टोकियो र सिजुओकामा तीन(तीन, आईची र खानागावामा दुई(दुई, ह्योगो, साईतामा, मियागी, यामानासी, गिफु, कुमामोतो, र ईसिखावा प्रान्तमा एक(एक जना गरी ३१ को मृत्यु भएको हो । बुधबार ३३ हजार ६ सय तीन जनाको पीसीआर टेस्ट गरिएको थियो ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख १८ हजार ७ सय ९४ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये पछिल्लो समय अस्पताल भर्ना हुने र गम्भीर बिरामीको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । हाल १९ हजार १ सय पाँचजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ ।
४७ प्रान्त मध्ये तीन प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ५ सय ७०, ओसाकामा ३ सय ८३, होक्काईदोमा २ सय ५२, खानागावामा २ सय १९, आईचीमा २ सय ३४, चिबामा १ सय सात, ह्योगोमा १ सय तीन, साईतामामा १ सय तीन जना थपिए ।
संक्रमित संख्या २ हजार बढी भएका प्रान्तहरू
टोकियोमा ३९ हजार ६ सय ४९, ओसाकामा १९ हजार १ सय ६७, खानागावामा १२ हजार १ सय ११,आईचीमा ९ हजार ६ सय ४५, होक्काईदोमा ८ हजार २ सय ७४, साईतामामा ८ हजार १ सय एक, चिबामा ६ हजार ७ सय ३६, फुकुओकामा ५ हजार ७ सय दुई, ह्योगोमा ५ हजार ३ सय १४, ओकिनावामा ४ हजार १ सय ६९ र क्योतोमा २ हजार ६ सय १६ जना पुगेको छ ।