प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच शिष्टाचार भेट

-


     मर्दी न्युज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित


काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपालको एक दिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा आइतबार साँझ शिष्टाचार भेट गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि राष्ट्रपति कार्यलयबाट सिधै त्रिभुवन विमानस्थलमा पुगेर चिनियाँ रक्षा मन्त्री वेईको नेपालको एक दिने भ्रमण सकिने छ । २१ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका वेइले दिउँसो सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक प्रतिनिधिसँग भेट गरेका छन् ।