
अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् ।
यही मंसिर २२ गते बिहे गर्ने मिति तोकिएको नायिका खड्काले सञ्चारमाध्यमसँग बताएकी छन्। त्यसका लागि निम्तो कार्डसमेत बाँडिसकिएको छ।
उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्।
‘कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।
विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।

