
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको बताएको छ ।
साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना भएको जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
शुक्रवार देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी शुक्रवार राती देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मंसिर २० गते शनिवार
दिउँसोः देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।
रातीः प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।
मंसिर २१ गते आइतबार
दिउँसोः प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। । बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ
रातीः प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

