प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

-


     मर्दी न्युज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएकोहो।

“सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकोबैठक आयोजना गर्नुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,” उनले सामाजिकसञ्जालमार्फत भनेका छन् ।