
सन थापा,
जापान । डिसेम्बर १४ । जापानमा कोरोना संक्रमण नियन्त्रणको लागि गो टू ट्राभल अभियान स्थगित गर्ने घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले सोमबार सरकारी कार्यदलको बैठकमा डिसेम्बर २८ देखि जनवरी ११ सम्म उक्त अभियानलाई स्थगित गर्ने घोषणा गरेका हुन् । देशव्यापी रूपमा संक्रमण लगातार बढ्दै गएपछि यसको रोकथाम र स्वास्थ्य क्षेत्र परेको भार कम गर्न अभियानलाई स्थगित गरिएको सुगाले बताए । केही महिना अघि कोरोना संक्रमणका कारण व्यापार, व्यबसायमा आएको आर्थिक मन्दीलाई चलायमान बनाउन सरकारले गो टू ट्राभल र गो टू ईट अभियान संचालनमा ल्याएको थियो ।
सोमबार १ हजार ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमित संख्या १ लाख ८३ हजार १७ जना पुगेको छ ।
त्यसैगरी हालसम्म योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट होक्काईदोमा १५, ओसाकामा १४, टोकियो र ईबाराकीमा तीनरतीन, साईतामा र ओकिनावामा दुईरदुई, आईची, हिरोसिमा, सिजुओका, फुकुओका, गुन्मा, एहिमे, खानागावा र ईवाते प्रान्तमा एक/एक गरी ४७ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये २५ हजार ५ सय ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ५१ हजार ६ सय छ जना कोरोना संक्रमित निको भएका छन् ।
४७ प्रान्त मध्ये चार प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने राजधानी टोकियोमा ३ सय पाँच, ओसाकामा १ सय ८५, खानागावामा १ सय २१, आईचीमा १ सय १४, साईतामा १ सय दुई, होक्काईदोमा १ सय २५, हिरोसीमामा १ सय १० जना थपिए ।
३ हजार बढी संक्रमित संख्या भएका प्रान्तहरू
संक्रमित संख्या ४७ हजार ५ सय ३०,ओसाकामा २५ हजार १ सय १४, खानागावामा १५ हजार १ सय ७१,आईचीमा १२ हजार ८ सय ३४, होक्काईदोमा ११ हजार ४ सय ६०, साईतामामा १० हजार ५ सय ४०, चिबामा ८ हजार २ सय ५४, ह्योगोमा ७ हजार ४ सय चार, फुकुओकामा ६ हजार ६ सय ८०, ओकिनावामा ४ हजार ८ सय २४ र क्योतोमा ३ हजार ३ सय सात जना पुगेको छ ।

