बेपत्ता युवक मृत फेला

-


     मर्दी न्युज    
     पुस १२ गते २०७७ मा प्रकाशित


महेन्द्रनगर, १२ पुस । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् ।

गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । “मृतकको खोजीमा सल्फास नामक विष भेटिएको छ”, प्रवक्ता थापाले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान हुँदैछ । प्रहरीले शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याएको जनाएको छ ।