प्रदेश १ का मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर आचार्य चयन

-


     मर्दी न्युज    
     पुस १६ गते २०७७ मा प्रकाशित


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समुहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध गत आइतबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको छ ।

नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराइएको छ ।