
काठमाडौं, २३ पुस । आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षीक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने नियमित कार्यसूची रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।
यसअघि राष्ट्रियसभाको बैठक यही पुस १७ गते बसेको थियो । बैठकको पहिलो दिन बोल्ने सांसदहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको तीव्र विरोध गरेका थिए।

