
आइतबार तोलामा दुई हजार ३ सयले ओरालो लागेको सुनको मूल्य सोमवार पुन ८०० ले घटेको छ । छापावाल सुन प्रतितोला ९२ हजार २०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन सोमवारका लागि तोलामा ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको थियो ।
यस्तै चाँदी तोलामा ४० ले घटेको छ । आइतबार एक हजार २७० मा कारोवार भएको चाँदी आज भने एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

