
सन थापा,
जापान, १२ माघ । जापानमा सोमबार २ हजार ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ६९ हजार १ सय ९७ जना पुगेको छ ।
संक्रमणका कारण मृत्यु हुने संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार २ सय सात जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ९६ हजार ८५ जना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ६३ हजार ६ सय ६३ जनाको उपचार भइरहेको छ भने १ हजार १७ जनाको अवस्था गम्भीर रहेको छ ।
आपतकाल लागु भएका ११ प्रान्तको तथ्यांक
राजधानी टोकियोमा ६ सय १८ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ९४ हजार ५ सय आठ जना पुगेको छ भने ७ सय ९६ जनाको मृत्यु भएको छ ।
ओसाकामा २ सय ७३ जना संक्रमित थपिए । ४१ हजार ७ सय २७ जना संक्रमित संख्या पुगेको छ भने ८ सय ४३ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा ३ सय ५१ जना संक्रमित थपिए । संक्रमित संख्या ३८ हजार ३ सय ७८ जना पुगेको छ भने ४ सय १० जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २३ हजार ५ सय ९२ जना पुगेको छ । यहाँ २ सय ५१ जना संक्रमित थपिए भने ३ सय ११ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २२ हजार ९ सय ५० जना र मृत्यु हुने संख्या ३ सय ६८ जना पुगेको छ । यहाँ ८९ जना संक्रमित थपिए।
त्यस्तै चिबामा २ सय ९१ जना संक्रमित थपिएर २० हजार ५ सय २२ जना पुगेको छ भने २ सय २३ जनाको मृत्यु भएको छ । होक्काईदोमा १६ हजार ७ सय ६० जना संक्रमित पुगेको छ भने मृतकको संख्या ५ सय ६९ जना पुगेको छ । ह्योगोमा संक्रमित १५ हजार ४ सय ६८ जना र मृत्यु हुने ३ सय ६२ जना पुगेको छ । फुकुओकामा संक्रमित १५ हजार २ सय १३ जना र १ सय ६९ जनाको मृत्यु भएको छ । क्योतोमा ७ हजार ८ सय ५० जना संक्रमित र १ सय चार जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ५ सय ७४ जना संक्रमित र ३८ जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका, क्योतो र तोचिगीमा क्रमशः ८८, ८०, १ सय ५४, ९१ र १८ जना संक्रमित थपिए ।
त्यस्तै ओकिनावामा ७ हजार ५५, हिरोसीमामा ४ हजार ६ सय ४८, इबाराकीमा ४ हजार ४ सय १०, सिजुओकामा ४ हजार २ सय ९४ जना पुगेको छ ।

