
पोखरा । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ भने देशका पूर्वी पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी भागमा मौसम सामान्यतय सफा छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छः
आज दिउँसो देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।
त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यस्तै आज राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागहरूको मौसममा आंशिक बदली रहने सभावना छ ।
बुधवार प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भवना छ।
त्यस्तै बुधवार राती प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै बिहीवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ।
बिहीवार राती प्रदेश न. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

