एलिना गुरुङ भइन् नेपाल स्टार

-


     मर्दी न्युज    
     माघ १७ गते २०७७ मा प्रकाशित


नेपाल टेलिभिजनमार्फत प्रशारित ‘सिंगिङ रियालिटी शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । उनले अन्य ३ प्रतिस्पर्धी सुरेस लामा, सन्देश बमजन लामा र लक्ष्मण लिम्बुलाई पछाडी पार्दै उपाधि हात पारेकी हुन् ।

उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगद पुरस्कार पनि पाएकी छन् । विजेता बनेसंगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । यस्तै उपविजेता अन्य ३ जनाले जनही ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा निर्णायकका रुपमा संगीतकार आलोकश्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहेका थिए ।