थप १०५ जनामा कोरोना पुष्टि, २८८ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     माघ १८ गते २०७७ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ।