
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ८, कालिमाटी मा रहेको श्री अन्नपूर्ण प्राथमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिति गठन गरिएको छ। सोही बिद्यालयमा शिक्षक अबिभाबक संघको समेत गठन गरिएको छ ।
मिति २०७७ माघ २१ गते त्यस विद्यालयमा तपशील वमोजिमका विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्य छनोट गरिएको छ । हिमलाल दाहालको अध्यक्षतामा गठित विद्यालय ब्यवस्थापन समितिका अन्य सदस्यहरुमा वडा सदस्य गिरधारी दाहाल, सस्थापक चन्दादाता बाट तुलसी प्रसाद अधिकारी, वडाबाट मनोनित पशुपति दाहाल, वडाबाट मनोनित महिला सुनिता दाहाल, सदस्य इन्द्र प्रसाद ढुङ्गाना, महिला सदस्य सलिना नेपाली, सदस्य सचिव दीपकराज ढुङ्गाना, शिक्षक प्रतिनिधि शंकर गुरुङ्ग समेत गरि नौ सदस्यीय ब्यबस्थापन समिति गठन भएको छ ।
त्यसैगरी, पूर्ण बहादुर नेपालीको अध्यक्षतामा शिक्षक अभिभावक संघको गठन गरिएको छ जसको अन्य सदस्यहरुमा पदेन सदस्य हिमलाल दाहाल, संयोजक दीपकराज ढुङ्गाना, शिक्षक प्रतिनिधि कल्पना आचार्य, सदस्य अमृत नेपाली, सदस्य भुलानाथ पौडेल, सदस्य सरु पौडेल, सदस्य नवराज सुवेदी, सदस्य लक्ष्मी नेपाली, सदस्य प्यारी वि.क., सदस्य भुजिमाया गौतम हुनुहुन्छ । नवगठित समिति बाट स्कुलले राम्रो शैक्षिक प्रगति गर्नेमा आफू आशावादी भएको स्थानीय युवा तथा पर्यटन ब्यबसायी निर्मला सुबेदीले बताउनुभयो ।

