
सन थापा,
जापान । २३ माघ । जापानमा शुक्रबार २ हजार ३ सय ७२ जना संक्रमित थपिए भने १ सय छजनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख २ हजार ३ सय ७३ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ६ हजार २ सय ९५ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै निको हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ५५ हजार १ सय ३२ जना पुगेको छ ।
संक्रमितमध्ये ३८ हजार ३ सय ३२ जनाको उपचार भइरहेको छ भने ८ सय ७७ जनाको अवस्था गम्भीर रहेको छ ।
धेरै संक्रमित भएका प्रान्तहरू
टोकियोमा ५ सय ७७ जना संक्रमित थपिए भने कोरोना संक्रमितको संख्या १ लाख २ हजार सय ७७ जना पुगेको छ । ९ सय ८७ जनाको मृत्यु भएको छ ।
ओसाकामा २ सय नौजना संक्रमित थपिए । ४४ हजार ७ सय ७१ जना संक्रमित संख्या पुगेको छ भने ९ सय ७७ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा २ सय ८८ जना संक्रमित थपिए । संक्रमित संख्या ४१ हजार ९ सय १५ जना पुगेको छ भने ५ सय ३८ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २६ हजार ३ सय १६ जना पुगेको छ । यहाँ २ सय २७ जना संक्रमित थपिए भने २ सय ९७ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २४ हजार ५ सय २९ जना र मृत्यु हुने संख्या १ सय ४६ जना पुगेको छ । यहाँ ८६ जना संक्रमित थपिए ।
त्यस्तै चिबामा २ सय ३९ जना संक्रमित थपिएर २३ हजार ३ सय ७४ जना पुगेको छ भने २ सय ८६ जनाको मृत्यु भएको छ । होक्काईदोमा संक्रमित १७ हजार ९ सय ३३ जना र मृतकको संख्या ६ सय ११ जना पुगेको छ । ह्योगोमा संक्रमित १६ हजार ९ सय ८९ जना र मृत्यु हुने संख्या ४ सय ३९ जना पुगेको छ । फुकुओकामा संक्रमित १६ हजार ६ सय ४३ जना र २ सय नौजनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ६ सय ८३ जना संक्रमित र १ सय २९ जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ८ सय ५४ जना संक्रमित र ४८ जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः ९३, ९६, ९१, ३२ र २४ जना संक्रमित थपिए ।
त्यस्तै ओकिनावामा ७ हजार ७ सय ९०, इबाराकीमा ५ हजार ३४ , हिरोसीमामा ४ हजार ८ सय ७३, सिजुओकामा ४ हजार ७ सय १० जना र गिफुमा ४ हजार २ सय ८५ जना संक्रमित पुगेको छ । बुधबार ४८ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

