आजबाट दोस्रो चरणको खोप अभियान, १३ हजार पत्रकारलाई खोप लगाउने तयारी

-


     मर्दी न्युज    
     माघ २६ गते २०७७ मा प्रकाशित


काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब काठमाडौं उपत्यकाबाट १३ हजार सञ्चारकर्मी र कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइनेछ भने मंगलबारदेखि देशका ७७ वटै जिल्लाबाट खोप वितरण गरिने छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकार, कूटनीतिक नियोग र संयूक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन लागेको हो।

पहिलो चरणको अभियानअन्तर्गत एक लाख ८४ हजार ८५७ जनालाई दिइसकिएको छ । पहिलो चरणको अभियान शनिबारबाट सकिएको थियो ।