
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति पोखराको दोस्रो साधरण सभा तथा अधिबेशन सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ, कास्की जिल्ला समितिको कार्यालयको सभाहल मा सम्पन्न अधिबेशनको अबसर मा स्व. रुद्र बहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कर अर्पण गरिएको छ। सम्मानित हुनुहुने ब्यक्तित्व अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी माधब शर्मा हुनुहुन्छ।
पोखरा लेकसाइडका समाजसेबि तथा पर्यटन ब्यबसायी स्व. रुद्र बहादुर भट्टराई को स्मृतिमा उहाँका छोरा गोपि बहादुर भट्टराई तथा भट्टराई परिवारको तर्फबाट पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँँको अक्षयकोष खडागरि प्रत्येक बर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि एकाउन्न हजार एकसय एघार रुपैया रहेको छ। उहाँलाई दोसल्ला तथा सम्मान पत्र समेत अर्पण गरिएको थियो।

कार्यक्रममा स्व. रुद्र बहादुर भट्टराईको जिबनी बारेमा परिवारका सदस्य बरिस्ठ लोकगायिका हरिदेबी कोइरालाले प्रकाश पार्नु भएको थियो भने पुरस्कृत ब्यक्तित्वको जिवनी बारेमा पुरस्कार छनोट समितिका संयोजक रबिन्द्र बास्तोलाले प्रकाश पार्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख माननीय नेत्रनाथ अधिकारीको हातबाट शर्मा पुरस्कृत हुनुभएको थियो। सोही अवसरमा नेपाल पत्रकार संघ गण्डकी प्रदेशले प्रकाशन गरेको स्मारिका बिमोचन गरिएको थियो।
गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलको सभापतित्वमा संचालित उक्त कार्यक्रम को संचालन महासचिव गणेश पौडेलले गर्नुभएको थियो। रामजी प्रसाद लम्साल लाई उत्कृष्ट कार्य संपादन सदस्यको रूपमा पुरस्कृत गरिएको थियो भने कार्यालय सचिव जगत बहादुर कार्कीलाई समेत पुरस्कार प्रदान गरिएको थियो।खुला सत्रको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल लगायतका बक्ताहरुले लोकतन्त्र, वाक स्वतन्त्रता तथा पत्रकारिता का बर्तमान चुनौतीहरुको बारेमा बोल्नुभएको थियो।

