
सन थापा,
जापान । जापानमा शनिबार १ हजार २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७८ जनाको मृत्यु भएको छ । बिहीबारको तुलनामा २ सय चार जना घटेको छ । बिहीबार ४३ हजार १ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको थियो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख २५ हजार २ सय ८० जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ४ सय ५६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ९७ हजार ९ सय ५२ जना निको भएका छन् ।
संक्रमितमध्ये १८ हजार ३ सय ३६ जनाको उपचार भइरहेको छ भने ५ सय २६ जनाको अवस्था गम्भीर रहेको छ ।
संक्रमित धेरै भएका प्रान्तहरू
टोकियोमा संक्रमित १ लाख ९ हजार ४ सय ६२ जना र १ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।
ओसाकामा ४६ हजार ५ सय २१ जना संक्रमित र १ हजार ८८ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४३ हजार ९ सय ८४ जना र ६ सय ४८ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २८ हजार ५ सय ६८ जना र ५ सय १४ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २५ हजार ५ सय ६४ जना र मृत्यु हुने संख्या ५ सय दुईजना पुगेको छ । चिबामा संक्रमित २५ हजार ३ सय ९९ जना र ३ सय ८९ जना जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १८ हजार ७ सय ५१ जना र मृत्यु हुने संख्या ६ सय ५६ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार ७ सय ८७ जना र २ सय ६४ जनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १७ हजार ७ सय ७९ जना र मृत्यु हुने संख्या ५ सय पाँचजना पुगेको छ । क्योतोमा ९ हजार आठजना संक्रमित र १ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार ७६, इबाराकीमा ५ हजार ५ सय ३६, हिरोसीमामा ४ हजार ९ सय ९७, सिजुओकामा ४ हजार ९ सय ८५ जना र गिफुमा ४ हजार ५ सय ५४ जना संक्रमित संख्या पुगेको छ ।
टोकियोमा ३ सय २७, ओसाकामा ९४, खानागावामा १ सय ३१, साईतामामा १ सय २१ आईचीमा ४६, चिबामा १ सय २३ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ३४,फुकुओकामा ७१, ह्योगोमा ४२,क्योतोमा १६, ओकिनावामा १३, इबाराकीमा ३८, हिरोसीमामा तीन, सिजुओकामा २२ र गिफुमा तीनजना संक्रमित थपिए ।

