
जल तथा मौसम विज्ञान विभागका अनुसार आज शनिवार बिहान देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। तराइका केही स्थानमा हल्का कुहिरो हुस्सु लागेको छ ।
आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ । विभागका अनुसार पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
यसैगरी राति पनि पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात हुने लक्षण देखिएको छ।

