सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकारात्मक

-


     मर्दी न्युज    
     फागुन १९ गते २०७७ मा प्रकाशित


काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ ।

आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न भएको हो ।

सरकारले मङ्गलवार दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । त्यस लगत्तै विप्लव समूहले पनि मङ्गलवारै वार्ता टोली गठन गरी वार्ताका लागि तयारी गरेको थियो ।

सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो भने विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।