जापानमा तीन महिनापछि न्यून संक्रमण, ४५ को मृत्यु

-


     मर्दी न्युज    
     फागुन २३ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २४ फागुन । जापानमा सोमबार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नोभेम्बर २ ९४८७० पछिको न्यून संख्या हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४१ हजार २ सय ९२ जना पुगेको छ । त्यस्तै ४५ जनाको मृत्यु भएको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ३ सय २१ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख १९ हजार ८ सय ।८८ जना कोरोना संक्रमित निको भएका छन् ।
बिहीबार ३७ हजार २ सय तीन जनाको पिसीआर परीक्षण गरिएको थियो ।

संक्रमितमध्ये १२ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ भने ३ सय ८० जनाको अवस्था गम्भीर रहेको छ ।

यी हुन् धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १३ हजार ५ सय ७१, ओसाकामा ४७ हजार ७ सय आठ, खानागावामा ४५ हजार ७ सय ३२, साईतामामा ३० हजार १ सय १९, चिबामा २७ हजार २ सय ९५, आईचीमा २६ हजार १ सय ९९,होक्काईदोमा १९ हजार ५ सय ३५, फुकुओकामा १८ हजार २ सय ७५, ह्योगोमा १८ हजार १ सय ९४ र क्योतोमा ९ हजार १ सय २० जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ३ सय ३१, इबाराकीमा ६ हजार १२, सिजुओकामा ५ हजार २ सय ६७, हिरोसीमामा ५ हजार ५४ र गिफुमा ४ हजार ६ सय ६७ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ४ सय ७९, ओसाकामा १ हजार १ सय ३७, खानागावामा ७ सय १७, साईतामामा ६ सय ३०, चिबामा ४ सय ८५, आईचीमा ५ सय ४४, होक्काइदोमा ६ सय ९३, फुकुओकामा ३ सय सात, ह्योगोमा ५ सय ५८ र क्योतोमा १ सय ६२ जनाको मृत्यु भएको छ ।

टोकियोमा १ सय १६, ओसाकामा ३८, खानागावामा ५९, साईतामामा ६५, चिबामा ७३, आईचीमा आठ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ६३, फुकुओकामा १५, ह्योगोमा नौ, क्योतोमा १३, ओकिनावा सात, इबाराकीमा २२, सिजुओकामा १२, हिरोसीमामा सात जना संक्रमित थपिए ।