एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा

-


     मर्दी न्युज    
     फागुन २६ गते २०७७ मा प्रकाशित


काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद् सचिवालयमा आइपुगेको छ । निर्वाचन आयोगबाट पठाएको उक्त पत्र संसद् सचिवालयमा पुगेको हो ।

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र अलग भएको निर्णय गरेको थियो ।

आज संसद् बैठक पनि बस्दै छ । संसद् बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरू सत्तापक्षकै सिटमा बस्ने छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।