अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयमा आगन्तुकहरको संख्यामा उल्लेख्य वृद्धि

-


     मर्दी न्युज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


नेपाल पर्वतारोहण संघ मातहत पोखरा महानगरपालिका वडा नं -१७, रातोपैर्होमा अबस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आगन्तुक तथा दर्शकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बिश्वब्यपी महामारी कोभिडको कारण लामो समय बन्द रहेको उक्त संग्रहालय खुलेको पहिलो दिन मंसिर ९ मा दुई अंकमा अर्थात ३३ जना भिजिटर संख्या बाट क्रमशः वृद्धि हुँदै गए पनि ३ अंकमै सिमित रहेकोमा फागुन २८ मा आइपुदा सर्वाधिक चार अंकमा १०२२ उक्लिएको छ । अर्थात उक्तदिन १०२२ जना आगन्तुकहरुले अबलोकन गर्नु भएको छ ।

यो तथ्यांक हेर्दा आन्तरिक पर्यटक हरुको वृद्धि भएको पनि देखिन्छ । हाल अडियोहल पनि संचालन भएकोेले संग्रहालय थप रुचिपुर्ण भएको छ ।

पोखरा तथा नेपालकै महत्त्वपूर्ण पर्यटकीय आकर्षण्को केन्द्र यस संग्रहालयमा आगन्तुक पाहुनाहरुको संख्या वृद्धि संगै त्यहा कार्यरत कर्मचारीहरुमा पनि उत्साह थपिएको संग्रहालयका प्रशासन सहायक श्री उज्ज्वल अधिकारीले मर्दी न्युजलाई बताउनुभयो ।