राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

-


     मर्दी न्युज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको उनका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए ।

दलका नेताहरुलाई मंगलबार दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।