
पुतलीबजार नगरपालिका वडा नं ८, काहुले स्याङ्जामा बनाईएको शान्तीप्रिय बहुउद्देश्यीय सामुदायीक भवनको एक कार्यक्रम बिच समुद्घाटन भएको छ ।
तिल माया गुरुङको सभापतित्वमा भएको उक्त समुुद्घाटन समारोहमा गण्डकी प्रदेशसभा सदस्य माननीय मीन प्रसाद गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

भवन निर्माणका क्रममा शान्तीप्रिय आमा समुहको कोषवाट रु. ११,१४,४२५/- बहाकोट वढा कार्यालयबाट रु. ४१,४६८/- सहयोगी दाताहरुबाट ४७१,१७१/- र युके, हङकङ, पोखरा, काठमाण्डौं तथा देश विदेशबाट ३०,९०,३०१/- गरि जम्मा रु. ५१,१७,२६५/- आम्दानी भएको थियो भने निर्माणमा कुल रु. ४१,२३,१६०/- खर्च भएको समारोहमा प्रस्तुत गरिएको थियो ।

जगत प्रसाद गुरुङको बिशेष अग्रसरमा भवन निर्माण कार्य सम्पन्न भएकोमा उहाँको प्रशंसा गरिएको थियो । समाजका पदाधिकारी तथा सर्वसाधरणहरुको उपस्थिति रहेको उक्त कार्यक्रम मधु कुमार गुरुङले संचालन गर्नुभएको थियो ।

