सृजना कप छात्र–छात्रा भलिबल प्रतियोगिता शुरु

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित


पोखरा, ११ चैत । तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिता आजदेखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा बुधवार प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् ।

यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको पहिलो दिन छात्रतर्फका १२ खेल सम्पन्न भएका छन् । पहिलो दिनको खेलमा मेश्रम वराह मावि घान्द्रुक, भद्रकाली मावि, शान्ता मावि, महेन्द्र मावि, कालिका मावि ‘बी’, अमरसिंह मावि, जनप्रिय मावि र वराही मावि मालेपाटन जित हात पार्दै क्वाटरफाइनलमा पुग्न सफल भएका छन् ।

भोलि बिहीबार छात्रतर्फको क्वाटरफाइनल खेल तथा छात्रातर्फको पहिलो चरणका खेलहरु हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार बिहीबार छात्रतर्फ मेश्रम वराह मावि र भद्रकाली मावि, शान्ता मावि र महेन्द्र मावि, कालिका मावि र अमरसिंह मावि तथा जनप्रिय मावि र वाराही मावि मालेपाटनबीच सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।

बिहीबार छात्रातर्फ पहिलो चरणमा वराह मावि भेंडाबारीले सिद्ध वराह माविसँग, ईन्द्र राज्यलक्ष्मी माविले अमरसिंह माविसँग, भद्रकाली माविले कालिका माविसँग र राष्ट्रिय माविले शान्ता माविसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै भोलि नै छात्रातर्फको क्वाटरफाइनल खेल अन्तर्गत वराह मावि भेंडाबारी र सिद्ध वराह मावि बीचको बिजेताले जनप्रिय मावि सिमलचौरसँग प्रतिष्पर्धा गर्नेछ भने भद्रकाली मावि र कालिका मावि बिचको बिजेताले छोरोपटन माविसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै, राष्ट्रिय मावि र शान्ता मावि बिचको बिजेताले तालवराही माविसँग सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए । ।