जापानमा डेढ महिनापछि संक्रमित २ हजार नाघ्यो, ३३ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र १३ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १३ चैत । जापानमा पछिल्लो २४ घण्टामा २ हजार २६ जना कोरोना संक्रमित थपिनुका साथै ३३ जनाको मृत्यु भएको छ । बुधबार ५० हजार ८० जनाको पिसीआर परीक्षण गरिएको थियो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ६५ हजार ७ सय ५२ जना पुगेको छ ।

त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार १७ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ३९ हजार ५ सय ३८ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १४ हजार ५ सय ७१ जनाको उपचार भइरहेको छ भने ३ सय २३ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १९ हजार २ सय १३, ओसाकामा ५० हजार २ सय ४८, खानागावामा ४७ हजार ५ सय ७८, साईतामामा ३२ हजार २ सय २६, चिबामा २९ हजार १ सय ३४, आईचीमा २७ हजार ५७, होक्काईदोमा २० हजार ६ सय ८०, ह्योगोमा १९ हजार ३ सय ४६, फुकुओकामा १८ हजार ८ सय ८१ र क्योतोमा ९ हजार ३ सय ५७ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ९ हजार ७७, इबाराकीमा ६ हजार ५ सय ६७, सिजुओकामा ५ हजार ६ सय चार, मियागीमा ५ हजार ३ सय ७४ र हिरोसीमामा ५ हजार १ सय आठ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ६ सय ८९, ओसाकामा १ हजार १ सय ७३, खानागावामा ७ सय ७७, साईतामामा ६ सय ९६, चिबामा ५ सय ५५, आईचीमा ५ सय ७३, होक्काइदोमा ७ सय ४२, फुकुओकामा ३ सय ३०, ह्योगोमा ५ सय ८४ र क्योतोमा १ सय ६८ जनाको मृत्यु भएको छ ।

४७ प्रान्तमध्ये बिहीबार आठ प्रान्तमा संक्रमण शून्य रह्यो भने सात ओटा प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ३ सय ७६, ओसाकामा ३ सय, मियागीमा १ सय ५३, खानागावामा १ सय ३५ चिबामा १ सय ३५, साईतामामा १ सय १७, ह्योगोमा १ सय १६ जना संक्रमित थपिए । त्यस्तै, ओकिनावामा ८९, होक्काइदोमा ६९, आईचीमा ६४, ईबाराकीमा ३५, सिजुओकामा ३३, टोचिगीमा ३०, फुकुओकामा २८, क्योतोमा २० जना संक्रमित थपिए ।