
नेपाल पर्वतारोहण संघ मातहत रहेको पोखरा -१७ ,रातोपैर्हो स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आगन्तुकहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
कोरोना (कोभिड–१९) भाइरसको कारण धरासायीमा परेको नेपालको पर्यटन क्षेत्र खुल्ला भएसगै आन्तरिक पर्यटकहरु , विभिन्न संघसंस्था, समुदाय, कर्मचारी, बिद्यार्थि लगायतका ग्रुप हरुको बिस्तारै चहलपहल बढ्दै छ ।

आज चैत १४ गतेका दिन भैरहवा, बुटवल,नवलपरासी, रुकुम दाङ, काठमाडौ, ललितपुर, गोर्खा, कास्की, तनहुँ, चितवन, काभ्रे धरान लगायत देशभरिका विभिन्न ठाउँ बाट स्कुल, कलेज, सहकारी, प्रोजेक्ट साथै पारिवारिक भ्रमण टोलिहरुको आज दिनै भरी आगमन र भिडभाडको स्थिति रहेको थियो ।
बाह्र जना परिवार सहित आउनुभएको दान बहादुर खत्रीले संग्रहालय निकै आनन्ददायि र रमणिय रहेको बताउनुभयो । घिरिङ गा पा १, तनहुँबाट आउनु भएको आमा समुहका आमाहरु एक आपसमा रमाएको दृश्यले एक किसिमको रोमाञ्चकता थपेको अनुभव हुन्थ्यो ।

त्यसैगरी, क्यरी फरवार्ड नेपाल नामक प्रोजेक्टका सहभागीहरुको भ्रमण, प्रगतिशील बचत तथा ऋण सहकारी, बारपाक सुलिकोट गापा बाट ४२ जनाको अबलोकन भ्रमण, ब्राइट फ्युचर कलेज, ललितपुरबाट हिजो ७० र आज ५५ जना विद्यार्थी सहभागी, माउन्ट एभरेस्ट स्कुल राप्ती- ८ चितवन का विद्यार्थीहरु, कैलास गा पा मकवानपुरका पदाधिकारी तथा कर्मचारीहरु समेतगरि जम्मा १४७६ जना आगन्तुकहरु बाट आम्दानी रु १,१०,३८०/- भएको संग्रहालयका प्रशासन सहायक श्री उज्ज्वल अधिकारीले बताउनुभयो ।

