
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बालुवाटारमा भेटघाट गरेका छन् ।
प्रतिनिधिसभा पुन:स्थापना भएयता प्रधानमन्त्री र सभामुखबीच पहिलोपटक भेट भएको हो।
आइतबार बिहान बालुवाटारमा ११ बजे भएको भेटवार्ता करिब २ घण्टासम्म चलेको थियो । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले समग्र संसदलाई प्रभावकारी बनाउने, महत्वपूर्ण र जरुरी विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिए ।

