
पर्वतीय पर्यटनको बिकास तथा प्रबर्द्धनमा अग्रणी भुमिका निर्वाह गर्दै आएको नेपालको जेठो संस्था नेपाल पर्वतारोहण संघको गण्डकी प्रदेश शाखाले नवबर्ष २०७८ को पावन अबसरमा शुभकामना आदानप्रदान तथा भर्खरै प्रकाशित क्यालेन्डरको बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष श्री सुदर्शन न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्य तथा संस्थाका पुर्व अध्यक्ष श्री जीवनराज सापकोटा, सगरमाथा आरोही तथा नोल्सका प्रशिक्षक जगन तिमिल्सिना, प्रदेश कार्यसमितिका सदस्यहरु, वरिष्ठ पर्यटन ब्यबसायी श्री नवराज पहारी लगायतको उपस्थिति रहेको थियो ।
आफ्नो संक्षिप्त शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि न्यौपानेले क्यालेन्डर प्रकाशनले सदस्यहरु बिच भाइचारा तथा आत्मीयता समेत बढ्ने, यस क्षेत्रका हिउँ चुचुरोहरु र पर्वतीय गतिविधिहरु प्रचारमा आउने बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सुन्दर तस्वीर, संग्रहालय परिशरमा रहेको बोल्डरिङ्ग वालको तस्वीर समेत क्यालेन्डरमा समेटिएकोमा सराहना गर्नुभयो ।
अध्यक्ष शेष कान्त शर्माले धन्यवाद ज्ञापन गर्दै सबैको साथ र सहयोग प्राप्त भएकोले नै यस्तो कार्यक्रम सफल भएको र भबिस्यमा थप रचनात्मक कामहरु गर्दै अगाडि बढ्ने बताउनुभयो।

