वाग्मती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थपिए

-


     मर्दी न्युज    
     वैशाख १५ गते २०७८ मा प्रकाशित


Mardi News

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

थपिएका मन्त्रीहरुको शपथ आजै दिउँसो ४ बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।