पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु, ४,९२८ जना संक्रमित

-


     मर्दी न्युज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित


पोखरा । देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । 

२४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।