२४ घण्टामा ९०७० जनामा संक्रमण, ५४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने, २ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् ।