
पोखरा । पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।
त्यस्तै आज २ हजार ९०५ जना डिसचार्ज भएका छन् ।

