
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख छ ।

