
सन थापा,
जापान, २९ वैशाख । जापानमा पछिल्लो २४ घण्टामा ७ हजार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय चार जनाको मृत्यु भएको छ । । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ६ लाख ६० हजार ६ सय ९८ पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय १२ जना पुगेको छ ।
संक्रमितमध्ये १ हजार १ सय ८९ जनाको अवस्था गम्भीर रहेको छ भने ६९ हजार २ सय ५५ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ५ लाख ६९ हजार २ सय १७ जना कोरोना संक्रमित निको भएका छन् । सोमबार ४७ हजार ३ सय ६८ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
आज १६ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ९ सय ६९, ओसाकामा ८ सय ५१, आईचीमा ६ सय ७९, फुकुओकामा ६ सय ३५, होक्काइदोमा ५ सय २९, ह्योगोमा ३ सय ८४, खानागावामा ३ सय १९, साईतामामा २ सय ५९, हिरोसीमामा २ सय १८, ओकायामामा १ सय ८६, चिबामा १ सय ८१, क्योतोमा १ सय ४८, गिफुमा १ सय ३४, ओकिनावामा १ सय नौ, कुमामोतोमा १ सय ११ र गिफुमा १ सय चार जना संक्रमित थपिए ।
धेरै संक्रमित प्रान्तहरू
टोकियोमा १ लाख ४९ हजार ६१, ओसाकामा ९२ हजार ३५, खानागावामा ५६ हजार ५ सय ७१, साईतामामा ४० हजार ५ सय ४५, आईचीमा ३८ हजार ४ सय ३३, ह्योगोमा ३६ हजार ३ सय १३, चिबामा ३४ हजार ८ सय ५७, फुकुओकामा २८ हजार २ सय ४३, होक्काईदोमा २८ हजार ४०, क्योतोमा १४ हजार ७६ र ओकिनावामा १३ हजार ३ सय ७२ जना संक्रमित भएका छन् ।
मृत्यु संख्या धेरै भएका प्रान्तहरू
टोकियोमा १ हजार ९ सय ३१, ओसाकामा १ हजार ८ सय ३५, खानागावामा ८ सय ४७, साईतामामा ७ सय ५६, चिबामा ६ सय ४८, आईचीमा ६ सय ६०, होक्काइदोमा ९ सय १३, फुकुओकामा ३ सय ७६, ह्योगोमा ८ सय १८ र क्योतोमा १ सय ९५ जनाको मृत्यु भएको छ ।

