
पोखरा । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
यस्तै पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।
२४ घण्टामा ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

