राष्ट्रपति–प्रधानमन्त्रीको कदमविरुद्ध आइतबार सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय

-


     मर्दी न्युज    
     जेठ ८ गते २०७८ मा प्रकाशित


काठमाडौँ । संसद् विघटनविरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने बताएका छन ।

विपक्षी गठबन्धनको बैठकपछि सम्युक्त पत्रकार गर्दै शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिएका छन् र यसकाे राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल उपस्थित भएर राजनीतिक र कानुनी लडाइ लड्ने घोषणा गरेको हो ।