संसद विघटनविरुद्ध विपक्षी गठबन्धन आज अदालत जाँदै

-


     मर्दी न्युज    
     जेठ १० गते २०७८ मा प्रकाशित


काठमाडौँ । प्रतिनिधिसभा विघटन र मध्यावधी चुनावको मिति घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाादै छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।

शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो । 

सोही निर्णय अनुसार आइतबार उनीहरुले हस्ताक्षर गरेर रिट तयारको प्रक्रिय सुरु गरे पनि अदालत जान समय अभाव भएको भन्दै आज जाने भएका हुन् ।

विपक्षी गठबन्धनले भौतिकरुपमै बहुमत सदस्यसहित अदालतमा उपस्थित हुने तयारी गरेको छ ।

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट गोविन्द बन्दी, मुक्ति प्रधान, योगेन्द कार्की, सतिशकृष्ण खरेल र खम्बबहादुर खातिले रिटको मस्यौदा तयार पारका हुन् । अधिवक्ताहरुले तयार पारेको रिटलाई अन्तिम रुप दिने जिम्मा वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सांसद देव गुरुङ र कांग्रेस नेता रमेश लेखकलाई दिइएको बताइएको छ ।