प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तको माग गर्दै सर्वोच्चमा रिट दर्ता

-


     मर्दी न्युज    
     जेठ १० गते २०७८ मा प्रकाशित


काठमाडौँ । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा आज सोमबार रिट दर्ता गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै हस्ताक्षर बुझाइएका मध्ये ३ जना सांसदले हस्ताक्षर गरेनन् । 

हस्ताक्षर नगर्ने तीनै जना सांसद नेकपा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौलाले हस्ताक्षर गरेनन् । 

रिटमा एमालेका २३ सहित कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र जनमाेर्चाका १ गरी १४६ जनाले हस्ताक्षर गरेका हुन् ।