
पोखरा । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
यस्तै, २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ भने क्वारेन्टाइनमा ६८९ जना छन् ।
यस्तै देशभर गरी थप ११४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

