२४ घण्टामा २,४०७ जनामा संक्रमण, ३,९९४ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     जेठ ३० गते २०७८ मा प्रकाशित


पोखरा । देशभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जना र ४ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ ।

यस्तै, २४ घण्टामा थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ ।