ओली–विप्लव बालकोटमा भेटवार्ता

-


     मर्दी न्युज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । मङ्गलवार बिहान ओलीलाई भेट्ने विप्लव बालकोट पुगेका हुन् ।

विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरु पनि भेटवार्तामा सहभागी रहेको स्रोतले जानकारी दिएको छ । भेटमा समसामयिक र राजनीतिक छलफल भएको बताइएको छ ।

यसअघि विप्लवले माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरिसकेका छन् ।