थप ४,१०७ जनामा कोरोना सङ्क्रमण , ३५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीक्षण गर्दा ११३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ४६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६१ हजार ६५१ रहेको छ । 

नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ ।