जापानमा झण्डै १६ हजार जनामा संक्रमण पुष्टि,

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान , साउन २३ (अगस्ट ७) । जापानमा शनिबार १५ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको कुल संख्या १० लाख १८ हजार ५ सय ५४ पुगेको छ । ८ लाख ७४ हजार १ सय ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार २ सय ८८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
पाँच प्रान्तमा १ हजार भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ४ हजार ५ सय ६६, खानागावामा १ हजार ८ सय ९३, साईतामामा १ हजार ४ सय ४९, ओसाकामा १ हजार १ सय २३, चिबामा १ हजार ७५, फुकुओकामा ७ सय ४२, ओकिनावामा ५ सय ४८, ह्योगोमा ५ सय तीन, आईचीमा ४ सय ५९, होक्काईदोमा ३ सय ४७, क्योतोमा २ सय ७१, इबाराकीमा २ सय ५६, सिजुओकामा २ सय ३६, गुन्मामा १ सय ८२, तोचिगीमा १ सय ६४, कुमामोतोमा १ सय ५१, ओकायामा प्रान्तमा १ सय २०, सिगा र हिरोसीमा १ सय १७-१७, र मियागी प्रान्तमा १ सय छ, जना संक्रमित थपिए ।
संक्रमितमध्ये १ हजार ६८ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ९ हजार ७ सय पाँच जनाको उपचार भइरहेको छ । बिहीबार ७१ हजार ८ सय ८३जनाको पिसीआर परीक्षण गरिएको थियो