लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिँदै

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७८ मा प्रकाशित


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिने भएका छन् । स्रोतका अनुसार प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । 

केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दै छ । सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि मङ्गलवार बेलुका बुधवार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए । अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए ।

आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक पनि बोलाइएको छ ।