दिलकुमारी खाँणको तीज गीत ‘शिरफूल’ सार्वजनिक

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित


पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत ‘शिरफूल’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल दिल” युट्युब च्यानल मार्फत आज प्राज्ञ नगेन सिँहले गीतलाई सार्वजनिक गर्नु भएको हो ।
प्राज्ञ नगेन सिँह ठकुरीले सस्कृति बढाउदैं लैजान पर्ने बताउदै यो शिरफूल तिज गितमा सस्कृति, मौलिकपन र ईतिहास झल्केको हुनाले भव्य र सभ्यका साथ यसै गितमा नाचेर हरितालिका तिज मनाउन सबैमा अनुरोध गर्नुभयो ।
धनकुमारी हमालले आफ्नो पालाको गीत सुन्न नपाईएकोले छोरीलाई गीत गाउन आग्रह गरेको बताउदैं आफ्नो पालाको गीतहरु राम्रा रहेको पनि बताउनु भयो ।
अनुप अधिकारीको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको छायाकंन तथा सम्पादन दिपेश कसीले गर्नुभएको हो भने कोरियोग्राफर बिनोद गिरी हुनुहुन्छ । भिडीयोमा यमुना मल्लको श्रृगार रहेको छ ।
युवा निर्देशक अनुप अधिकारीले आफ्नो पहिलो तिज गित भएकोले भिडीयो बनाउन धेरै मेहनत गरेको र युवाहरुले आफ्नो सस्ंकृति बिर्सन नहुने बताउनु भयो ।
लक्ष्मीले तीजको बेलामा माइत गएर दिदीबहिनीहरु मिलेर आफ्नो कहानी गाएर रमाइलो गरेको कुरालाई गीत मार्फत निकै सरल तरिकाले प्रस्तुत गर्न खोजिएको र विवाह गरेर पराइघर गएका चेलीलाई तीजको महत्व कति हुने गर्दछ भनेर प्रष्ट्याउन खोजिएको बताउनु भयो ।
गीतको भिडियोमा सलिना बराल, आयुसा महत, ईन्दु सेन, स्मृति सुवेदी, नज्योशा सिँहको नृत्य हेर्न पाइन्छ । यसैगरी गितमा लक्ष्मी हमालको बुबा गङ्गा बहादुर हमाल मुमा धनकुमारी हमाल आजी बहिनी शारदा हमाल पराजुली, राममाया शाह, दिल कुमारी खाँण (लक्ष्मी हमाल ), कोपीला शाही, सरिता हमाल सेन, ज्योती हमाल, तारा हमाल भुजेल (दिपा) लगाएत सरस्वती बराल, निशा बराल, अस्मिता बराल, सुस्मिता बराल अनिशा बराल, सविता सापकोटा, बिनु गुरुङ्ग, रिमा शाही, यमुना मल्ल, बिष्णु महत, चन्द्रकला थापा, पुर्णवती शाही, सिर्जना शाही,शुष्मा बराल आदि कलाकारको अभिनय भिडियोमा हेर्न पाइन्छ ।
लक्ष्मी संगितकर्मी संघमा आजिवन सदस्य तथा विभिन्न संघसस्थामा सग्लंन हुनुहुन्छ ।