माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई एमालेको पत्र

-


     मर्दी न्युज    
     भाद्र १ गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।

स्रोतका अनुसार १४ जना सांसदलाई कारवाहीको सिफारिस गरिएको छ ।

कारवाहीका लागि सिफारिस गरिएका सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।