जापानमा कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, बुधबार उच्च रेकर्ड

-


     मर्दी न्युज    
     भाद्र २ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, २ भदौ ।

जापानमा कोरोना संक्रमितको कुल संख्या १२ लाख ७ हजार ३ सय नौ पुगेको छ । संक्रमित मध्ये योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना हुन् । बुधबार २३ हजार ९ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च रेकर्ड हो ।
आठ प्रान्तमा १ हजार भन्दा बढी र ३२ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ५ हजार ३ सय ८६, ओसाकामा २ हजार २ सय ९६, खानागावामा २ हजार २१, चिबामा १ हजार ६ सय ९२, साईतामामा १ हजार ४ सय १५, फुकुओकामा १ हजार २ सय ५३, आईचीमा १ हजार २ सय २७, ह्योगोमा १ हजार ८८, जना थपिए । त्यस्तै ३ सय भन्दा बढी संक्रमित भएका प्रान्तहरूमा ओकिनावामा ७ सय ६१, होक्काईदोमा ५ सय ९५, सिजुओकामा ५ सय ९०, क्योतोमा ४ सय २१, गिफुमा ३ सय ३८, गुन्मामा ३ सय १४, इबाराकीमा ३ सय ४५, ओकायामामा ३ सय सात, हिरोसीमामा ३ सय दुई जना संक्रमित थपिए । ९ लाख ९७ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै खानागावा प्रान्तमा आठ, टोकियोमा छ, चिबा र ओसाकामा चार-चार, तोचिगी, मियागी, ओईता, फुकुओका र क्योतो प्रान्तमा प्रान्तमा एक-एक गरी २९ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार ५ सय २८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये १ हजार ७ सय १६ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ६१ हजार ६ सय ९९ जनाको उपचार भइरहेको छ । सोमबार ८१ हजार ७ सय ८७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।